images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

अर्थमन्त्री शमाले भने : 'पुँजीगत खर्चको गति बढाउँ'

अर्थमन्त्री शमाले भने : 'पुँजीगत खर्चको गति बढाउँ'

बुधवार, पौष २८ २०७८

  • 349
    SHARES

  • अर्थमन्त्री शमाले भने : 'पुँजीगत खर्चको गति बढाउँ'


    काठमाडौँ,  पुस । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन । । अर्थमन्त्रालयमा आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरे ।  
    आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे  “आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ”, उनले भने । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उनले जसरी पनि खर्च बढाउन आग्रह गरे ।  
    ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।  ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो ।

    विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन ।  फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिए ।  
    “फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ”, उनले भने,  “यसलाई डिजिटल माध्यममा लैजानुप¥यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुप¥यो ।” पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । 
    यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ । समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ । 

    images

     

    बुधवार, पौष २८ २०७८१०:४८:०७

    डेमो खबर

    सम्बन्धित समाचार