images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

मिस यूनिभर्स : 'भारतकी हरनाज सन्धू बनिन्'

मिस यूनिभर्स : 'भारतकी हरनाज सन्धू बनिन्'

मंगलवार, मंसिर २८ २०७८

  • 1.4K
    SHARES

  • मिस यूनिभर्स : 'भारतकी हरनाज सन्धू बनिन्'

     

    काठमाडौं, मङ्सिर । पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन्।

     

    images
    हरनाज

    तस्बिर स्रोत,EPA

    तस्बिरको क्याप्शन : भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी छन्। सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्।
     
    हरनाज

    तस्बिर स्रोत,EPA

     
    तस्बिरको क्याप्शन : इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिइन्।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन :  प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई 'वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?' भनेर सोधिएको थियो।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन :  उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। 'बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु।'
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। 'धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ। तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ?'
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : उत्तर दिँदै उनले प्रकृतिमा आएको सङ्कट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन्।
    यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन्। 'रोकथाम र सुरक्षा गर्नु पछुताउनु वा मर्मत गर्नुभन्दा राम्रो हो।'
     
    हरनाज

    तस्बिर स्रोत,EPA

     
    तस्बिरको क्याप्शन : मिस कोलम्बिया (बायाँ) र मिस आर्मिनिया (बीच) सँग भारतकी हरनाज सन्धू।
     
    हरनाज

    तस्बिर स्रोत,REUTERS

     
    तस्बिरको क्याप्शन : यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए।
    साभार बसीबीसीबाट 

    मंगलवार, मंसिर २८ २०७८१०:४७:०१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार