images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

ट्रक दुर्घटनामा दुईको मृत्यु

ट्रक दुर्घटनामा दुईको मृत्यु

बिहिवार, मंसिर २३ २०७८

  • 1.2K
    SHARES

  • ट्रक दुर्घटनामा दुईको मृत्यु

    काठमाडौँ, मंसिर ।बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले राससलाई जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ । गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताउनुभयो । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 

     

    images

    बिहिवार, मंसिर २३ २०७८११:२०:१२

    डेमो खबर

    सम्बन्धित समाचार