images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

'सत्ता र सम्पत्तिमा महिलाको पहुँच हुनुपर्छ'

'सत्ता र सम्पत्तिमा महिलाको पहुँच हुनुपर्छ'

सोमवार, मंसिर २० २०७८

  • 1.1K
    SHARES

  • 'सत्ता र सम्पत्तिमा महिलाको पहुँच हुनुपर्छ'


    जनकपुरधाम, मङ्सिर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले महिलाको सत्ता र सम्पत्तिमा पहुँच भएमा मात्रै महिला हिंसाका घटनामा कमी आउने बताएका छन । 
    दलित महिला केन्द्र नेपालले जनकपुरधाममा सोमबार आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा रोकथामसम्बन्धी परियोजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।  उनले अहिले पनि हाम्रो समाजमा महिलाहरू आर्थिक र सामाजिक रूपमा पछि परेका कारण हिंसाको सिकार हुनुपरेको भन्दै महिलाको सत्ता र सम्पत्तिमा पहुँच बढाउन राज्यले पहल गर्नुपर्ने धारणा राखे । 
    उनले निर्वाचनको समयमा उम्मेदवार चयनदेखि परिणाम घोषणा हुन्जेलसम्म विभिन्न समयमा महिलामाथि विभिन्न खालका हिंसा हुने गरेको भन्दै राज्यले त्यसको नियन्त्रणका लागि महिलाहरूको जनचेतनाको स्तर बढाउन विभिन्न खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।  
    उनले प्रदेश २ सरकार महिला सशक्तीकरणको सवालमा गम्भीर रहेको चर्चा गर्दै प्रदेश सरकारले कानुनमै महिलालाई हरेक क्षेत्रमा पहुँचका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।  कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख रिता झाले जनकपुरधाम उपमहानगरपालिकाले महिलामाथि हुने गरेको विभिन्न खालका हिंसा नियन्त्रणका लागि छुट्टै कानुनको निर्माण गरेको भन्दै कानुनको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक भएको बताएकी छन ।  

     

    images

    सोमवार, मंसिर २० २०७८०९:००:०१

    डेमो खबर

    सम्बन्धित समाचार