images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

२४ घण्टामा: थप २०५ जनामा सङ्क्रमण

२४ घण्टामा: थप २०५ जनामा सङ्क्रमण

आइतवार, मंसिर १९ २०७८

  • 953
    SHARES

  • २४ घण्टामा: थप २०५ जनामा सङ्क्रमण

    काठमाडौं, मंसिर । देशभर थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण भएको हो । यही अवधिमा थप ४३६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५४४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।८ प्रतिशत रहेको छ ।

    हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड;१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

    images

    आइतवार, मंसिर १९ २०७८०४:२४:५४

    डेमो खबर

    सम्बन्धित समाचार