images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

सुनको मूल्य आज प्रतितोला ९२ हजार

सुनको मूल्य आज प्रतितोला ९२ हजार

आइतवार, मंसिर १९ २०७८

  • 805
    SHARES

  • सुनको मूल्य आज प्रतितोला ९२ हजार

    काठमाडौं, मंसिर। सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९० हजार ८०० तोकिएको थियो ।

    images

    आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

    आइतवार, मंसिर १९ २०७८०४:०१:३४

    डेमो खबर

    सम्बन्धित समाचार