images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

बागलुङ कंग्रेस महाधिवेशन : ‘सभापति र केन्द्रीय सदस्य पनि पराजित’ 

बागलुङ कंग्रेस महाधिवेशन : ‘सभापति र केन्द्रीय सदस्य पनि पराजित’ 

बिहिवार, मंसिर ९ २०७८

  • 505
    SHARES

  • बागलुङ कंग्रेस महाधिवेशन : ‘सभापति र केन्द्रीय सदस्य पनि पराजित’ 


    बागलुङ, मंसिर ।  नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि छनौटको लागि भएको निर्वाचनमा दुवैजना पराजित हुनुभएको हो । 
    दुवैजना पार्टी सभापति सेरबहादुर देउवा खेमामा  रहेका थिए । बागलुङ क्षेत्र नम्बर १ बाट पौडेल र खुल्लाबाट थापा निर्वाचनमा होमिएका थिए । 
    निर्वाचनबाट ओमकार थापा, चिरञ्जीवि गौतम, जगदिश्वरचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणीभद्र शर्मा कँडेल, हरिहर शर्मा, हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन ।  
    चार प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत पौडेल निकट नेतृत्वले तीन क्षेत्रमा विजय भएको छ । एक क्षेत्रमा सभापति देउवा निकट नेतृत्वले विजय भएको थियो । निर्वाचन क्षेत्र १ मा पनि पौडेल खेमाका चण्डीप्रसाद शर्मा पौडेल नेतृत्वका प्यानल विजय भएको थियो । क्षेत्र  नम्बर २ को मतगणना जारी छ । 

     

    बिहिवार, मंसिर ९ २०७८०९:३३:४४

    डेमो खबर

    सम्बन्धित समाचार