images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

काँग्रेस १४ औ महाधिवेशन : 'सप्तरीमा १० नगरमा सर्वसम्मत,  पाँच अनिश्चित'

काँग्रेस १४ औ महाधिवेशन : 'सप्तरीमा १० नगरमा सर्वसम्मत,  पाँच अनिश्चित'

बिहिवार, मंसिर ९ २०७८

  • 493
    SHARES

  • काँग्रेस १४ औ महाधिवेशन : 'सप्तरीमा १० नगरमा सर्वसम्मत,  पाँच अनिश्चित'


    सप्तरी, मङ्सिर । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तगर्त ३ देखि शुरु  नगर अधिवेशनमा सप्तरीको १०  स्थानीय तहमा सर्वसम्मत  नगर कमिटी चयन गरिएको छ ।  पाँच स्थानीय तहमा निर्वाचनबाट कमिटी चयन भएको र बाँकी तीनमा भने अनिश्चित रहेको  मुख्य निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी गराएका छन । 
    जिल्लाको रुपनी, विष्णुपुर, महदेवा, तिरहुत, अग्निसाईर कृष्णसवरण, राजगढ, तिलाठी कोईलाडी गाउपालिका हनुमाननगर, कंचनरुप, डाक्नेश्वरी नगरपालिकाको नगर अधिवेशनबाट सर्वसम्मत रुपमा गाउँ  कमिटी ३० सदस्यीय  र ६० सदस्यीय नगरपालिका  कमिटी गठन भएका छन ।
    यता बलान विहुल, छिन्नमस्ता गाउँपालिका, सप्तकोशी, शम्भुनाथ, राजविराज, नगरपालिकामा निर्वाचनद्वारा नगर कमिटी चयन भएको हो ।
    यसैबीच, सप्तरीको खडक, बोदेबर्साईन र सुरुङगा नगरपालिकामा अधिबेशन स्थगित भएको र सो अधिवेशनबारे भोली र पर्सीको क्षेत्रिय अधिवेशन नसकेसम्म समय नतोक्ने सभापति दिनेशकुमार यादवले जनाएका छन । 
    राजविराजको आन्नद झा, रुपनीको सभापतिमा  सुगम्वर यादव, तिलाठी कोईलाडी गाउपालिकाको  सभापतिमा अमिर झा, राजगढको दिपेन्द्रकुमार यादव, तिरहुतको सभापतिमा ज्ञानेन्द्रकुमार लगरबार, विष्णुपुरको मौजेलाल यादव, छिन्नमस्ताको कुलान्नद यादव, हनुमान नगरको अबधेश्वर मेहता, सप्तकोशीको युवराज खनाल, बलान विहुलको राजकुमार साह, कंचनरुपको कैलासप्रसाद साह, महदवाको लोकेन्द्र नायक, शम्भुनाथ नगरको सुरेन्द्र भगत, अग्निसाईरको रोशनकुमार मण्डर थारु डाक्नेश्वरीको नारायण यादवको नेतृत्वमा नगर कमिटी गठन भएको नेपाली काँग्रेसको जिल्ला सभापति दिनेशकुमार यादवले बताएका छन । 

     

    बिहिवार, मंसिर ९ २०७८०९:३०:५८

    डेमो खबर

    सम्बन्धित समाचार