images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

प्रदेश २ सरकार :  'बस सञ्चालनको प्रक्रिया अगाडि बढाइयो'

प्रदेश २ सरकार :  'बस सञ्चालनको प्रक्रिया अगाडि बढाइयो'

बिहिवार, मंसिर ९ २०७८

  • 453
    SHARES

  • प्रदेश २ सरकार :  'बस सञ्चालनको प्रक्रिया अगाडि बढाइयो'


    जनकपुर, मङसिर । प्रदेश २ सरकारले खरिद गरेको बस सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रदेश २ सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बस सञ्चालनका लागि निर्देशिका बनाएपछि बस सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको हो । 
    जनतालाई प्रदेशभित्र सर्वसुलभ दरमा सेवा प्रदान गर्न प्रदेश २ सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले करिब करिब तीन करोड नौ लाख ८१ हजारमा पाँचवटा अत्याधुनिक बस खरिद गर्नुभएको थियो । सो बस सञ्चालन गर्न निर्देशिका नबन्दा एक वर्ष अघिदेखि प्रदेश भवनमा थन्किएको छ । 
    प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले बस सञ्चालन सम्बन्धि निर्देशिका तयार भइसकेको र मन्त्रीपरिषदबाट पारित भएपछि बस सञ्चालन गरिने बताएका छन ।  प्रदेशभरि आफ्नै बस सेवा सञ्चालन गर्न आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुरुप बस खरिद गरिएको थियो । 
    प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि सप्तरीको राजविराज, पर्साको वीरगञ्जलगायतका जिल्लाको सदरमुकामसम्म बस सेवा सञ्चालन गर्ने तयारी प्रदेश सरकारको थियो ।

     

    बिहिवार, मंसिर ९ २०७८०९:२५:४७

    डेमो खबर

    सम्बन्धित समाचार