images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

जनकपुर – जयनगर रेल :  'सञ्चालनको माग गर्दै प्रर्दशन'

जनकपुर – जयनगर रेल :  'सञ्चालनको माग गर्दै प्रर्दशन'

बुधवार, मंसिर ८ २०७८

  • 461
    SHARES

  • जनकपुर – जयनगर रेल :  'सञ्चालनको माग गर्दै प्रर्दशन'


    जनकपुर, मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी धनुषाले जनकपुर – जयनगर रेल सञ्चालनको माग गर्दै प्रदेश २ को राजधानी जनकपुरधाममा बुधबार प्रर्दशन गरेको छ । 
    सरकारले एक वर्षअघि नै भारतवाट दुईवटा रेल खरिद गरे पनि हालसम्म सञ्चालन नभएपछि लोसपाका नेता कार्यकर्ताले जनकपुरधाममा मानाइने विवाह पञ्चमी महोत्सव अगाडि नै रेल सञ्चालनको माग गर्दै प्रर्दशन गरेको हो । 
    जनकपुरधामको जनक चौकवाट निस्केको लोसपाका नेता कार्यकर्ताले नगरको विभिन्न भागको परिक्रमा गरी प्रमुख जिल्ला अधिकारीमार्फत रेल सञ्चालनका लागि सरकारलाई ध्यानाकर्षण गराएको लोसपाका युवा नेता संजय चौधरीले जानकारी दिएका छन ।  
    रेल सञ्चालन नभएपछि यस क्षेत्रको पर्यटन प्रवद्धनमा समस्या भएको भन्दै लोसपाका नेता मनोज चौधरीले नेपाल रेल्वेको सञ्चालनका लागि माग गरे । यता नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले कानुनको अभावका कारण सञ्चालन हुन नसकेको बताएका छन ।  

    बुधवार, मंसिर ८ २०७८१०:३३:४५

    डेमो खबर

    सम्बन्धित समाचार