images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

२४ घण्टामा: थप ३८५ जनामा कोरोना सङ्क्रमण, ४ को मृत्यु

२४ घण्टामा: थप ३८५ जनामा कोरोना सङ्क्रमण, ४ को मृत्यु

सोमवार, मंसिर ६ २०७८

  • 621
    SHARES

  • २४ घण्टामा: थप ३८५ जनामा कोरोना सङ्क्रमण, ४ को मृत्यु

    काठमाडौ, मङ्सिर । देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण  भएको छ । बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३३२ पुगेको छ । पछिल्लो समय थप २५८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ६१७ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट चार जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ ।

    कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ । त्यसैगरी, पछिल्लो समय ७१ हजार ४८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २६९ रहेको छ । होम आइसोलेसनमा ६ हजार ८२७, संस्थागत आइसोलेसनमा ४४२, आइसियूमा २३० र भेन्टिलेटरमा ५५जनाको उपचार हुँदैछ ।

    सोमवार, मंसिर ६ २०७८०८:२२:२६

    डेमो खबर

    सम्बन्धित समाचार