images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

म्यानमारलाई चीनद्वारा खोप सहयोग 

म्यानमारलाई चीनद्वारा खोप सहयोग 

आइतवार, मंसिर ५ २०७८

  • 585
    SHARES

  • म्यानमारलाई चीनद्वारा खोप सहयोग 


    याङ्गुन, मङ्सिर  । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ दश लाख मात्रा खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । 
    चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप शनिबार म्यानमारको याङ्गुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीले जनाएका छन् । 
    म्यानमार सरकारले यहाँ एक करोडभन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्णमात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका एक करोड तीन लाख नागरिकलाई यो खोप दिइसकिएको छ । 
    यहाँ शनिबार ६२५ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । योसमेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ । 
    यहाँ गएको २४ घन्टामा २४ जनाको कोराना सङ्क्रमणबाट निधन भएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसबाट १९ हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । सिन्ह्वा 

    आइतवार, मंसिर ५ २०७८१०:२८:५३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार