images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

नेकपा एमाले : 'स्थायी कमिटी बैठक, आज ४ बजे बस्दै'

नेकपा एमाले : 'स्थायी कमिटी बैठक, आज ४ बजे बस्दै'

बिहिवार, कार्तिक ११ २०७८

  • 801
    SHARES

  • नेकपा एमाले  : 'स्थायी कमिटी बैठक, आज ४ बजे बस्दै'

    काठमाडौँ, कात्तिक । नेकपा (एमाले) ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ ।

    एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

    बिहिवार, कार्तिक ११ २०७८०९:५५:३४

    डेमो खबर

    सम्बन्धित समाचार