images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images
बागमति प्रदेश सरकार

राजेन्द्र पाण्डे बने मुख्यमन्त्री : "आज ३ : ३० मा शपथ लिँदै "

राजेन्द्र पाण्डे बने मुख्यमन्त्री : "आज ३ : ३० मा शपथ लिँदै "

बिहिवार, कार्तिक ११ २०७८

  • 1.1K
    SHARES

  • राजेन्द्र पाण्डे बने मुख्यमन्त्री : "आज  ३ : ३०  मा शपथ  लिँदै "

    हेटौंडा, कात्तिक । आज बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्दैछन् । नेता पाण्डेले आज शपथ लिएसँगै  उनले सानो आकारको मन्त्रिपरिषद् गठन  गर्ने तयार गरेका छन ।  अल्पमतमा परेर नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

    नेता पाण्डेलाई कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदको समर्थन छ ।  उनले  हिजो, बुधबार नै   मुख्यमन्त्रीमा दाबी पेस गरेका गरिसकेका छन ।  उनले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

     आज बन्ने मन्त्रिपरिषदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताले मन्त्रालय सम्हाल्ने तयारी भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

    लामाका अनुसार, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् ।

    उनीहरुले कुन - कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो लागेको छैन ।  तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

    बिहिवार, कार्तिक ११ २०७८०९:०८:३६

    डेमो खबर

    सम्बन्धित समाचार