images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images
काँग्रेस १४ महाधिवेशन

निर्वाचन समिति बैठक : 'सर्‍यो महाधिवेशन कार्यतालिका, नयाँ मिति मंसिर २७ देखि २९ सम्म'

निर्वाचन समिति बैठक : 'सर्‍यो महाधिवेशन कार्यतालिका, नयाँ मिति मंसिर २७ देखि २९ सम्म'

बुधवार, कार्तिक १० २०७८

  • 1.0K
    SHARES

  • निर्वाचन समिति बैठक  :   'सर्‍यो महाधिवेशन कार्यतालिका,  नयाँ मिति  मंसिर २७ देखि २९ सम्म'

    काठमाडौँ, कात्तिक । नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका सरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ ।

    उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन ।

    यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । पोखरेलका अनुसार मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए ।

    मंसिर १६ र १७ गते सातवटै प्रदेशको अधिवेशन हुने छ । मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए ।

    सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको छ । यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सा

    क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले मंसिर २७ देखि २९ गतेका लागि सारेको छ ।

    बुधवार, कार्तिक १० २०७८०९:१५:३१

    डेमो खबर

    सम्बन्धित समाचार