images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

बेमौसमी वर्षाको चोट : '२६ जिल्ला नराम्ररी प्रभावित '

बेमौसमी वर्षाको चोट : '२६ जिल्ला नराम्ररी प्रभावित '

सोमवार, कार्तिक ८ २०७८

  • 1.2K
    SHARES

  • बेमौसमी वर्षाको चोट  :  '२६ जिल्ला नराम्ररी प्रभावित '

     

    नसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ । 
    सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ । 
    पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्काे दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुप¥यो ।
    गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । 
    यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो । अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।
    कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तन विज्ञको भनाइमा बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर  नै हो ।  
    प्राप्त विवरण अनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ । 
    धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।

    सोमवार, कार्तिक ८ २०७८०८:२१:३१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार