images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images
काग्रेसको १४ औँ महाधिबेशन

उपसभापति निधिले भने : “ जनताले कांग्रेसको एकलौटी सरकार खोजेका छन ”

उपसभापति निधिले भने : “ जनताले कांग्रेसको एकलौटी सरकार खोजेका छन ”

बुधवार, आश्विन २७ २०७८

  • 781
    SHARES

  • उपसभापति निधिले भने  :   “ जनताले कांग्रेसको एकलौटी सरकार खोजेका छन ”

    ढल्केवर, असोज । देशका जनताले नेपाली काँग्रेसको एकलौटी सरकार खोजिरहेको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन । उनले भने, अहिलेको जस्तो बैशाखीमा टेकेको सरकार नभई काँग्रेसको बहुमतको एकलौटी सरकार खोजिरहेका छन ।

    उपसभापति निधिले मंगलबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को सखुवा महेन्द्रनगरमा आयोजित विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकमना आदान प्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,देशलाई काँग्रेस चाहिएको छ, काँग्रेसको सरकार चाहिएको छ , गठबन्धनको सरकार होइन् । जबसम्म एकलौटी सरकार बन्दैन तबसम्म देश अपेक्षा अनुसार गति लिन नसक्ने भन्दै यदि देशलाई काँग्रेस चाहिन्छ भने मधेसको भूमिका महत्वपूर्ण हुने दाबी गरे ।

    उनले गत निर्वाचनमा नेपाली काँग्रेस बाहेका पार्टीलाई जिताउँदा त्यसको दुष्परिणाम देश र नेपाली जनताले भोगिरहेका बताउँदै राज्य र सरकारका अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अस्तव्यस्त र क्षतिग्रस्त भएको औंल्याए । पछिल्लो निर्वाचनबाट देशमा अर्कै पार्टीको सरकार बन्दा जनताको दैनिक जीवन दुष्कर बनेको स्पष्ट पार्दै महँगी बढेको र समग्रमा देशकै आर्थिक स्थिति बिग्रिएको बताए । उनले भने, अहिलेका युवा पुस्ता निराशामा छन् ।

    राज्यका अंग, राजनीति र रोजगारका क्षेत्रमा अवसर पाउन सकेका छैनन् । उपसभापति निधिले ती जम्मै समस्या समाधानको आरम्भ आगामी चुनावमा रुख छापको विजय भए मात्रै सम्भव हुने भने । उपसभापति निधिले पार्टीको आसन्न महाधिवेशनमा आफूलाई सभापति उम्मेदवारका रूपमा प्रस्तुत गरेको भन्दै महाधिवेशनमा समर्थन र सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे । उनले यसअघि बोलेका कुरा पुनः दोहयाउँदै भने, नयाँ पुस्ताका युवा नेताको जाम लागिसकेकाले आउँदो १५ औँ महाधिवेशनबाट युवा पुस्ताले काँग्रेसको नेतृत्व गर्ने बताए ।

    उनले पाँच वर्षपछि आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवा पुस्ताको दावेदारी रहने बताए । उपसभापति निधिले कार्यकर्ताका बीच मतभेद भए पनि मनभेदको स्थिति नल्याउन आग्रह गदै वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गरेर अगाडि बढ्न भेलामा उपस्थित नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

    बुधवार, आश्विन २७ २०७८०९:०१:५२

    डेमो खबर

    सम्बन्धित समाचार