images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

धनगढीमा बस दुर्घटना : १६ जना घाइते

धनगढीमा बस दुर्घटना : १६ जना घाइते

मंगलवार, आश्विन २६ २०७८

  • 637
    SHARES

  • धनगढीमा  बस दुर्घटना  :   १६ जना घाइते

    डडडेल्धुरा, असोज । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नं को बस केआईसिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका १० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

    बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

    मंगलवार, आश्विन २६ २०७८११:२०:४४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार