images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

माओवादी केन्द्र : नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

माओवादी केन्द्र : नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

आइतवार, आश्विन २४ २०७८

  • 749
    SHARES

  • माओवादी केन्द्र  :  नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

    काठमाडौँ, असोज । माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् ।

    यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त रहेका छन् । अध्यक्षमा भने यसअघि नै ओम शर्मा चयन भइसकेका छन् । माओवादीले अन्तर्राष्ट्रिय विभागमा रहने सदस्यहरु भने टुंगो लगाइसकेको छैन ।

    तर त्यसका लागि यसअघि नै पार्टी निकटका डिप्लोम्याट र विदेश मामिलाका जानकारहरुको सूची तय गरिसकेको छ । सो सूचीबारे पार्टीबाट निर्णय नहुँदै बाहिरिएको थियो ।

    माओवादी पार्टी कार्यालय स्रोतले श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा थिए ।

    आइतवार, आश्विन २४ २०७८०९:४०:४२

    डेमो खबर

    सम्बन्धित समाचार