images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

प्रादेशिक चलचित्र बोर्ड  : ‘गठन गर्न सरकार सकारात्मक’

प्रादेशिक चलचित्र बोर्ड  : ‘गठन गर्न सरकार सकारात्मक’

आइतवार, आश्विन १७ २०७८

  • 961
    SHARES

  • प्रादेशिक चलचित्र बोर्ड  : ‘गठन गर्न सरकार सकारात्मक’


    कास्की, असोज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताएका छन । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को सातौँ राष्ट्रिय महाधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सङ्घीयतासँगै चलचित्र क्षेत्रको वृद्धि विकासका लागि प्रादेशिक बोर्ड गठन गर्न आवश्यक रहेको बताए । 
    आदिवासी जनजातिको कला, संस्कृति संरक्षणसहित चलचित्रको मर्म र भावनाअनुसार अघि बढाउनको लागि प्रदेशस्तरमै बोर्ड हुनु आवश्यक रहेको मन्त्री बरालको भनाइ छ । उनले भने, “आदिवासी जनजातिको कला, संस्कृति नेपाली पहिचान हुन् । यिनको संरक्षणको लागि निर्माण हुने फिल्म क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”
    तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले राज्यबाट अझै चलचित्र क्षेत्रलाई विभेद गरिएको बताए । महाधिवशेनका अवसरमा गुरुङ चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान गरेकामा पाँच जना चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । 
    सम्मानित हुनेमा नायिका कल्पना गुरुङ, सङ्गितकर्मी दुर्गाबहादुर गुरुङ, गणेश गुरुङ, नायिका ज्योति गुरुङ र सङ्गितकर्मी कृष्णकुमार गुरुङ रहेका रहेका छन । 
    उहाँहरूलाई मन्त्री बराल, चलचित्रकर्मी माओत्से गुरुङ, सङ्घका अध्यक्ष एशोसिएशनका अध्यक्ष भोजबहादुर गुरुङले सम्मानपत्रको साथमा खादा माला र दोसल्लाबाट सम्मान  गरेका छन ।  

    आइतवार, आश्विन १७ २०७८०८:३५:५३

    डेमो खबर

    सम्बन्धित समाचार