images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images
कांग्रेस १४ औ महाधिबेशन

निर्बाचन परिणाम : 'पालिकामा देउवा - पौडेल प्रतिस्पर्धा, को कहाँ अघि ?'

निर्बाचन परिणाम : 'पालिकामा देउवा - पौडेल प्रतिस्पर्धा, को कहाँ अघि ?'

सोमवार, आश्विन ११ २०७८

  • 945
    SHARES

  • निर्बाचन परिणाम  : 'पालिकामा देउवा - पौडेल प्रतिस्पर्धा, को कहाँ अघि ?'


    काठमाडौं, असोज  । नेपाली कांग्रेसको जारी महाधिवेशनका लागि चयन भएका पालिकास्तारका प्रतिनिधिहरुको परिणाम आइरहेको छ । यसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको भएपनि अहिलेसम्मको देशैभरिको परिणाम हेर्दा भने देउवाको नै बर्चस्व देखिएको छ ।

    शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए । यो प्रतिस्पर्धामा गण्डकीका केही स्थानमा पौडेल पक्ष अघि देखिएपनि उता सुदूरपश्चिममा भने करिब ९० प्रतिशत नै देउवाको प्यानल नै बिजयी भएको देखिएको छ । 
    आइतबार साँझसम्म ३१४ स्थानीय तहको नतिजा आएकामध्ये १६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् । सात स्थानीय तहमा कतै नखुलेका नेता सभापति बनेका छन् ।
    केन्द्रीय निर्वाचन समितिले आइतबारसम्म ५४ जिल्लामा पालिका अधिवेशन भएको जनाएको छ  । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लाको पालिका अधिवेशन भने हुन बाँकी छ  । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।
    देउवा र पौडेल समूहको आ–आफ्नो प्रदेशमा वर्चस्व देखिएको छ । सुदूरपश्चिममा निर्वाचन सम्पन्न भएका ६५ पालिकामध्ये करिब ५० पालिकामा देउवा समूह र १५ पालिकामा पौडेल समूहका सभापति निर्वाचित भएका छन् । सुदूरपश्चिम देउवाको गृहप्रदेश हो ।
    पौडेलको गृहप्रदेश गण्डकीका ८५ स्थानीय तहमध्ये आइतबार साँझसम्म ६७ स्थानीय तहको नतिजा आएको छ । तीमध्ये ४० पालिकामा पौडेल र २३ पालिकामा देउवा समूहका उम्मेदवार सभापतिमा चुनिएका छन् ।
    लुम्बिनी प्रदेशमा आइतबार साँझसम्म नतिजा आएका ७० स्थानीय तहमध्ये पौडेल समूहका ३३, देउवा समूहका २८, शशांक कोइराला समूहका ३ र तटस्थ ६ जना पालिका सभापति निर्वाचित भएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ वटामा अधिवेशन सम्पन्न भएको छ ।
    तीमध्ये ४४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमा देउवा समूहका २८ र पौडेल समूहका २५ जना सभापति निर्वाचित भएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा कतै खुलेका छैन ।

     

    सोमवार, आश्विन ११ २०७८१०:५६:१६

    डेमो खबर

    सम्बन्धित समाचार