images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

कांग्रेस १४ औँ महाधिवेशन : मुस्ताङका सबै पालिका नेतृत्व सर्वसम्मतबाटै

कांग्रेस १४ औँ महाधिवेशन : मुस्ताङका सबै पालिका नेतृत्व सर्वसम्मतबाटै

सोमवार, आश्विन ११ २०७८

  • 837
    SHARES

  • कांग्रेस १४ औँ महाधिवेशन   :  मुस्ताङका सबै पालिका नेतृत्व सर्वसम्मतबाटै

    मुस्ताङ, असाेज । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत पालिका निर्वाचनमा मुस्ताङले उदाहरण प्रस्तुत गरेको छ । कांग्रेस पनि सर्वसम्मतमा चल्न सक्छ भन्ने मुस्ताङ जिल्ला उदाहरणीय बनेको हो ।

    नमूना जिल्ला नै बन्ने क्रममा मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ । मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ ,मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो ।

    नेपाली कांग्रेस मुस्ताङका अनुसार त्यस्तै घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मतरुपमा चयन भएका छन् ।

    क्रियाशील कार्यकर्ताको नामावलीमै विवाद भएर अहिलेसम्म १३ जिल्लाको वडा अधिवेशनसमेत हुन नसकेको अवस्थामा मुस्ताङ सहमतिका लागि सेतु बन्न सक्ने देखिन्छ ।

    सोमवार, आश्विन ११ २०७८०८:५४:३९

    डेमो खबर

    सम्बन्धित समाचार