images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

शरद् ऋतुमा मनास्लु हिमाल  : '१६० आरोहीलाई अनुमति

शरद् ऋतुमा मनास्लु हिमाल  : '१६० आरोहीलाई अनुमति

सोमवार, आश्विन ११ २०७८

  • 773
    SHARES

  • शरद् ऋतुमा मनास्लु हिमाल   : '१६० आरोहीलाई अनुमति

    काठमाडौँ, असोज । शरद् ऋतुका याममा मनास्लु हिमाल (८ हजार १६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।

    कञ्चनजङ्घा हिमाल (८ हजार ५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ । शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् ।

    कोभिड १९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् । अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ ।

    अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

    सोमवार, आश्विन ११ २०७८०८:४१:३७

    डेमो खबर

    सम्बन्धित समाचार