images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images
बीरगञ्ज सीमा खुल्यो

ब्यापारी भन्छन : भारतीय सवारीले प्रवेश नपाए अर्थ राख्दैन

ब्यापारी भन्छन : भारतीय सवारीले प्रवेश नपाए अर्थ राख्दैन

शनिवार, आश्विन ९ २०७८

  • 781
    SHARES

  • ब्यापारी भन्छन : भारतीय सवारीले प्रवेश नपाए अर्थ राख्दैन

    वीरगञ्ज, असोज । शनिबारदेखि वीरगञ्ज नाका खुलेको छ । नाका खुले पनि भारतीय साना सवारी साधन प्रवेशका लागि अनुमति भने दिइएको छैन । निर्देशन नदिएको भन्दै भन्सार कार्यालयले प्रवेश गर्ने सवारी दर्ता नगरेपछि भारतीय सवारी भित्रिन नपाएका हुन । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपालभारत सीमा नाका शनिबारदेखि औपचारिक रुपमा खुलेका हो ।

    गत मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपालभारत सीमा नाका पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको थियो । तर गृहबाट पत्र नआएको भन्दै स्थानीय प्रशासनले बन्द सीमा नाका खुला गरेको थिएन ।निर्णय भएको तीन दिनपछि शुक्रबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रुपमा पत्र पठाएपछि नाका खुलेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिएका छन ।गृहले पठाएको पत्रमा भारतीय नम्बरका कार, जीपलगायत निजी सवारी साधनलाई नेपाल प्रवेश दिने बारेमा स्पष्ट उल्लेख नगरिएकाले खुला गरिएको छैन ।

    सवारी साधनका बारेमा स्पष्ट निर्देशन नआएकाले प्रवेश निषेध यथावत रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए वीरगञ्ज भन्सार कार्यालयका अधिकृत हरिहर पौडेलले विभागबाट भारतीय सवारी साधन भित्रिन दिनु भनेर कुनै किसिमको पत्र नआएकाले दर्ता गर्न नमिलेको बताए ।सीमा खुला भए पनि भारतीय चार पाङ्ग्रे निजी सवारी साधनको आवागमन खुल्ला गर्ने नगर्ने बारे पत्रमा केही  उल्लेख नगरिएको भन्सार अधिकृत पौडेलले बताए ।

    होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तले भारतीय सवारीलाई खुला नगरिएको विषयमा समन्वय भइरहेको बताएका छन ।भारतीय सवारी आवत जावतमा स्वीकृति नदिँदा होटल व्यवसाय धरासायी भएको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । नाका खुले पनि भारतीय सवारी साधन आवत जावत गर्न नपाएपछि समस्या यथावत रहने होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तको भनाई छ ।

    शनिवार, आश्विन ९ २०७८०८:५०:०३

    डेमो खबर

    सम्बन्धित समाचार