images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images
४२ औँ सामाजिक सेवा दिवस आज

प्रधानमन्त्री देउवाले भने : 'सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ '

प्रधानमन्त्री देउवाले भने : 'सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ '

बुधवार, आश्विन ६ २०७८

  • 1.4K
    SHARES

  • प्रधानमन्त्री देउवाले भने  :  'सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ '

    काठमाडौं, असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गरेका छन् ।

    उनले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं सामाजिक सेवामा लागेका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

    सर्वजन हिताय, सर्वजन सुखाय भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवा भाव रहेको पाइन्छ । आजको विश्व परिवेशमा हुँदा खाने र हुनेखानेका बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रहरूले सामूहिक प्रतिबद्धताको दस्ताबेज दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन् ।

    यसको मूल सिद्धान्त कोही पनि नछुटुन् भन्ने रहेको प्रधानमन्त्री देउवाले बताएका छन् । दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने उनले विश्वास लिएका छन् ।

    भौतिक विकास र मानवीय विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसका लागि नागरिक तहसम्मको प्रतिबद्धता, सहकार्य र समर्पणभाव आवश्यक हुने बताएका छन् ।

    उनले गरिबी निवारण, सामाजिक न्याय, समानता, समता, मानव अधिकार जस्ता अवधारणालाई आत्मसात् गर्दै देशको सामाजिक विकास र रूपान्तरणमा प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रयासको प्रशंसासमेत गरेका छन् ।

    आगामी दिनमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा नेपाल सरकारसँग सहकार्यका लागि पनि प्रधानमन्त्री देउवाले आह्वान गरेका छन् ।

    समाज सेवामा संलग्न विभिन्न व्यक्ति, विचारक संस्थासँग साझेदारी गर्दै सभ्य र मर्यादित समाज निर्माणमा लाग्न उनले सम्पूर्ण समाजसेवी व्यक्ति तथा संस्थालाई आह्वान गर्दै मानवीय सेवा भावले गरिने कार्यका लागि आवश्यक पर्ने सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको बताएका छन् ।

    बुधवार, आश्विन ६ २०७८०९:१०:४०

    डेमो खबर

    सम्बन्धित समाचार