images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

मिस नेपाल युएसमा १० प्रतियोगी

मिस नेपाल युएसमा १० प्रतियोगी

सोमवार, आश्विन ४ २०७८

  • 1.4K
    SHARES

  • मिस नेपाल युएसमा १० प्रतियोगी

    काठमाडौं, असोज। । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

    २५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको मिस नेपाल युएस विशुद्ध सौन्दर्य प्रतियोगिता नभएर एउटा सामाजिक अभियानको रुपमा समेत चिनिएको छ ।

    इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल भएकी थिइन् । मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० वर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।

    सोमवार, आश्विन ४ २०७८१२:३७:४३

    डेमो खबर

    सम्बन्धित समाचार