images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

कार्यकर्तालाई आश्वस्त पार्न भने : "आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ"

कार्यकर्तालाई आश्वस्त पार्न भने : "आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ"

मंगलवार, भाद्र २९ २०७८

  • 757
    SHARES

  • कार्यकर्तालाई आश्वस्त पार्न भने : "आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ"

    झापा, भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने बताएका छन् ।

    नेकपा एमाले झापाले मङ्गलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने 'आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ, हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन' ।

    उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताए । उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधि सभा अवरुद्ध गर्नु आफूहरूको बाध्यता भएको बताए ।

    एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन ।

    आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

    मंगलवार, भाद्र २९ २०७८०९:२४:१६

    डेमो खबर

    सम्बन्धित समाचार