images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

२४ घण्टामा:१ हजार ५६२ सङ्क्रमित थपिए, १९ को मृत्यु

२४ घण्टामा:१ हजार ५६२ सङ्क्रमित थपिए, १९ को मृत्यु

मंगलवार, भाद्र २९ २०७८

  • 777
    SHARES

  • २४ घण्टामा:१ हजार ५६२ सङ्क्रमित थपिए, १९ को मृत्यु

    काठमाडौँ, भदौ २४ घण्टामा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । आज एक हजार ५८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।२ प्रतिशत रहेको छ ।

    २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ । हाल ४५३ सघन उपचार कक्ष ९आइसियु०, १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    मंगलवार, भाद्र २९ २०७८०८:०२:१२

    डेमो खबर

    सम्बन्धित समाचार