images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

सोलुखुम्बु : ‘भौतिक रुपमा पढाई सुरु, विद्यार्थी उत्साहित’

सोलुखुम्बु : ‘भौतिक रुपमा पढाई सुरु, विद्यार्थी उत्साहित’

सोमवार, भाद्र २८ २०७८

  • 721
    SHARES

  • सोलुखुम्बु : ‘भौतिक रुपमा पढाई सुरु, विद्यार्थी उत्साहित’


    सोलुखुम्बु, भदौ । सोलुखुम्बुका विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएपछि विद्यार्थी उत्साहित बनेका छन् । लामो समयदेखि घरमा बस्नुपर्दा तनाव भएको भन्दै सदरमुकामको जनजागृति माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्र प्रज्वल मगरले विद्यालय सञ्चालनमा आएपछि ढुक्क भएको बताएका छन  ।
    विद्यालयबाट अनलाइन कक्षासमेत नभएकाले घरमा काम गरेर वा खेलेर बस्नुपर्दा एसइईको चिन्ताले सताउने गरेको थियो, अब भने केही आशा पलाएको छ, उनले भने । 
    त्यस्तै, नेचासल्यान गाउँपालिकाको महेन्द्रोदय मध्यामिक विद्यालयका छात्रा नविना राउतले पनि विद्यालयमा गएर पढन् पाउँदा खुशी भएको बताए । लामो समयदेखि विद्यालय बन्द हुँदा पढ्न नपाएर बसेका जिल्लाभरीका  विद्यार्थी अहिले फुरुङ्ग भएर विद्यालय जान थालेका छन् ।
    नगरपालिका तथा धेरैजसो गाउँपालिकाले भदौ २० बाट विद्यालयमा तालिका बनाएर फरक दिन फरक कक्षालाई पढाउन थालेको भएपनि २७ देखि नियमित रुपमा सबै कक्षाको पठनपाठन थालिएको छ ।
    जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी, खुम्बुपासाङल्हमू गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकामा विद्यार्थीको भौतिक उपस्थितीमा पूर्ण रुपमा विद्यालय सञ्चालन भएको हो ।
    विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याएको जनजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद राईले  सञ्चारकर्मीलाई बताएका छन । 
    विद्यालय वरपर र शौचालयको सरसफाई, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीसँग आवश्यक समन्वय, शिक्षक विद्यालय पुगेर शैक्षिक सामग्रीको आवश्यक तयारी गरेर पठनपाठन थालेको विद्यालयले जनाएका छन् ।
    दुर्गम हिमाली जिल्ला भएकाले सोलुखुम्बुमा निषेधाज्ञा अवधिभर कुनै अनलाइन कक्षा सञ्चालन भएन । केही गैरसरकारी संस्थाले आधारभूत तहका लागि रेडियो कक्षा सञ्चालनमा ल्याएका थिए ।

    सोमवार, भाद्र २८ २०७८१०:११:३२

    डेमो खबर

    सम्बन्धित समाचार