images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

सर्लाही  : विद्यालय धमाधम खुल्नथाले

सर्लाही  : विद्यालय धमाधम खुल्नथाले

सोमवार, भाद्र २८ २०७८

  • 765
    SHARES

  • सर्लाही  : विद्यालय धमाधम खुल्नथाले


    सर्लाही, भदौ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि बन्द गरिएका सर्लाहीका विद्यालय धमाधम खुल्न थालेका छन् ।  जिल्लाका २० वटा स्थानीय तहमध्ये अधिकांशमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न थालिएको छ । 
    स्थानीय तहले प्रशासनसँग अनुमति लिएर विद्यालय खोलिरहेका हुन् । जिल्लाको लालबन्दी, बलरा, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, बागमती, हरिवन, हरिपूर्वा, ईश्वरपुर र गोडैता गरी ११ वटै नगरपालिकाभित्रका विद्यालय खुलिसकेका छन् । 
    यस्तै, नौवटा गाउँपालिकामध्ये विष्णु, बसबरिया, धनकौल, पर्सा र चन्द्रनगर गाउँपालिकामा पनि विद्यालय सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
    सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न धमाधम स्वीकृति दिने काम भइरहेको बताएका छन । 
    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर   ३३ प्रतिशत बिद्यार्थीको भौतिक उपस्थितिमा पढाउन अनुमति दिए पनि विद्यालयले आफू अनुकूल कक्षा सञ्चालन गरिरहेका छन् ।  विद्यार्थी धेरै रहेका केही विद्यालयले विद्यार्थीलाई आलोपालो कक्षा सञ्चालन गरिरहेको जनाएका छन् । 
    थोरै विद्यार्थी रहेका विद्यालयले सम्पूर्णलाई एकै पटक बोलाएर कक्षा चलाइरहेका छन् । हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले सिफ्ट तोकेर पढाइ सञ्चालन गरिरहेको बताए । 
    उनले कोरोनाको सङ्क्रमण निकै कम भइसकेकाले सरोकारवालासँग समन्वय गरी अब पूर्ण क्षमतामा पढाइ सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएका । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायले हरिपूर्वा नगरभित्र सोमबारबाटै सम्पूर्ण विद्यालय सञ्चालन गरिएको जानकारी दिएका छन ।   

    सोमवार, भाद्र २८ २०७८०९:५७:१०

    डेमो खबर

    सम्बन्धित समाचार