images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

२४ घण्टा:थप १ हजार ४८६ सङ्क्रमित थपिए,१६ को मृत्यु

२४ घण्टा:थप १ हजार ४८६ सङ्क्रमित थपिए,१६ को मृत्यु

सोमवार, भाद्र २८ २०७८

  • 877
    SHARES

  • २४ घण्टा:थप १ हजार ४८६ सङ्क्रमित थपिए,१६ को मृत्यु

    काठमाडौँ, भदौ । देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण भएको हो । हालसम्म सक्रिय सङ्क्रमित २६ हजार ६३० छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । आज एक हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४० हजार ७१७ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९५।२ प्रतिशत छ ।

    सो अवधिमा १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । हालसम्म १० हजार ९६५ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । ४७५ जना सघन उपचार कक्ष ९आइसियु०, १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेशन, एक हजार ६७२ जना संस्थागत आइसोलेशन र २६२ जना क्वारेन्टिनमा छन् । आज ९१ हजार ९३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

    सोमवार, भाद्र २८ २०७८०८:२९:२७

    डेमो खबर

    सम्बन्धित समाचार