images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images
प्रधानमन्त्री - सुमारबीच भेट

एमसीसी सम्झौताबारे छलफल : " विस्तृत विवरण शनिवार सार्वजनिक हुने "

एमसीसी सम्झौताबारे छलफल : " विस्तृत विवरण शनिवार सार्वजनिक हुने "

शुक्रवार, भाद्र २५ २०७८

  • 1.2K
    SHARES

  • एमसीसी सम्झौताबारे  छलफल :  "  विस्तृत विवरण शनिवार  सार्वजनिक हुने "

    काठमाडौं, भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचार विमर्श भएको छ ।

    प्रधानमन्त्री निवासमा शुक्रवार अपराह्न भएको छलफल नेपाल-अमेरिका सहयोगसहित एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

    उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिवार बिहान सार्वजनिक हुने बताएको छ । नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसीसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छिन् ।

    सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आएकी उनले शुक्रवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन्।

    शुक्रवारै उनले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेकी थिइन् । बिहीबार बिहान काठमाडौँमा आइपुगेकी उपाध्यक्ष सुमार दिनभर भेटघाटमा नै व्यस्त रहिन्।

    त्यस क्रममा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरेकी थिइन ।

    शुक्रवार, भाद्र २५ २०७८०८:३५:४३

    डेमो खबर

    सम्बन्धित समाचार