images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : ' नेपाल पपुवा न्यूगिनीसँग खेल मैदानमा'

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : ' नेपाल पपुवा न्यूगिनीसँग खेल मैदानमा'

मंगलवार, भाद्र २२ २०७८

  • 961
    SHARES

  • अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट :   '  नेपाल पपुवा न्यूगिनीसँग खेल मैदानमा'

    काठमाडौं, भदाै । नेपालले १९ महिनापछि पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । नेपालले पपुवा न्यूगिनीसँग पहिलो खेल खेलिरहेको हो ।

    यसअघि नेपालले पछिल्लो पटक लिग २ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा घरेलु कीर्तिपुरको टियु क्रिकेट मैदानमा खेलेको थियो ।

    पीएनजीविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङ गर्ने भएको हो । नेपाल र पीएनजीले दुई खेलको सिरिज खेल्दैछन् ।

    पहिलो खेल अहिले भइरहँदा दोस्रो खेल शुक्रबार हुनेछ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

    नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय भइरहेको हो । यसअघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल खेलेको थियो । पछिल्लो तथ्यांक हेर्दा नेपालले एक दिवसीयको चार भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।

    मंगलवार, भाद्र २२ २०७८११:०९:५२

    डेमो खबर

    सम्बन्धित समाचार