Logo

शनिवार, श्रावण ३१ २०७७Aug 15 2020

images
images

एनआरएनएको विज्ञ सम्मेलन हुँदै

एनआरएनएको विज्ञ सम्मेलन हुँदै

  • आइतवार, माघ ५ २०७६


  • एनआरएनएको विज्ञ सम्मेलन हुँदै

    लण्डन, माघ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् ।
    अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको थियो ।

    बैठकमा विदेशमा बसेका नेपालीले सिकेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

    नेपाल सरकारका अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागू गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

    एनआरएनएले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

    आइतवार, माघ ५ २०७६०३:१३:२५
    सम्बन्धित समाचार