images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

छालामा भएको हरेक समस्याको समाधान:अंगुरको जुस

छालामा भएको हरेक समस्याको समाधान:अंगुरको जुस

बुधवार, भाद्र २ २०७८

  • 1.6K
    SHARES

  • छालामा भएको हरेक समस्याको समाधान:अंगुरको जुस

    काठमाडौं, भदौ । विशेषगरी अनुहारको छालामा आउने दागधब्बा, चायाँपोतो, डण्डीफोर, चिपचिप आदिले धेरैलाई दिक्क बनाइरहेको हुन्छ । अनुहारको छालामा समस्या आएपछि विभिन्न प्रकारका औषधिहरूको प्रयोग गर्ने गर्छन् । तर, कतिपय औषधिले अनुहारको समस्या घटाउने हैन अझै बढाउँछ । 
    सबैभन्दा सजिलो र उपयोगी औषधिको रुपमा अंगुरको रस पिउन सकिन्छ । अंगुरको रस पिउन सुरु गर्नुस्, तपाईंको अनुहारको समस्या कम गराउँछ । यसका लागि कालो वा हरियो जुनसुकै अंगुरको रस पिउन सकिन्छ अंगुरको रसको नियमित सेवनले चाउरीपन, एक्नी जस्ता समस्याहरु पनि कम हुँदै जान्छ । एक अध्ययनका अनुसार सूर्यको प्रकाशका कारण अनुहारमा आएका जुनसुकै समस्या पनि यसले सजिल्यै कम गर्न मद्दत गर्छ । 
    अंगुरको रसले शरीरको रगतलाई सफा बनाउँछ । भित्रि रुपमा नै यसले रगतलाई सफा गर्छ । यसले अनुहारमा एक्नी गराउने ब्याक्टेरियासँग लड्न पनि मद्दत गर्छ । अंगुरको जुस बनाउनका लागि सबैभन्दा पहिले अंगुर सफासँग धुने । त्यसपछि त्यसलाई ब्राउन सुगर भएको पानीमा हालेर उमाल्ने । त्यसलाई अंगुरको बोक्रा नखुम्चिँदासम्म पानीमा उमाल्ने । त्यसलाई निकालेर बरफ भएको पानीमा मिसाउने । र अंगुरको बोक्रा निकालेर फ्रिजमा राख्ने । त्यसपछि छानेर जुसको रुपमा नियमित पिउने गर्नुपर्छ । 

    बुधवार, भाद्र २ २०७८०४:५३:४५

    डेमो खबर

    सम्बन्धित समाचार