images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

उपत्यकामा फेरि निषेधाज्ञा लम्बियो,के गर्न पाइन्छ के पाइँदैन ?

उपत्यकामा फेरि निषेधाज्ञा लम्बियो,के गर्न पाइन्छ के पाइँदैन ?

मंगलवार, श्रावण १९ २०७८

  • 1.4K
    SHARES

  • उपत्यकामा फेरि निषेधाज्ञा लम्बियो,के गर्न पाइन्छ के पाइँदैन ?

    काठमाडौं, साउन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिनका लागि लम्ब्याइएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थपेको हो ।
    कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो भएपनि धेरै क्षेत्रहरु भने अझैं पनि बन्द अवस्थामै रहेका छन् । निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ ।  खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
    शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने  ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।  
     यसबीच तीनै जिल्ला प्रशसन कार्यालयले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय गरेको छ ।
    सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    press1.jpg

    press2.jpg

    press3.jpg

    मंगलवार, श्रावण १९ २०७८०६:४५:१५

    डेमो खबर

    सम्बन्धित समाचार