Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

जोन्सन एन्ड जोन्सनको खोप: सकियो काठमाडौं महानगरमा

जोन्सन एन्ड जोन्सनको खोप: सकियो काठमाडौं महानगरमा

बिहिवार, श्रावण ७ २०७८

  • 901
    SHARES

  • जोन्सन एन्ड जोन्सनको खोप: सकियो काठमाडौं महानगरमा

    काठमाडौं, साउन ।अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ। खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

    बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए।
    पराजुलीका अनुसार काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ।

    पराजुलीका अनुसार बुधबारै काठमाडौंका तीन जिल्लामा एक लाखले खोप लगाएका छन्। 
    ‘आजसम्ममा त्यो खोप सकिँदैछ,’ पराजुलीले भने। अर्को नआएसम्म खोप वितरण हुन नसक्ने पराजुलीले बताए।
    अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ।

    सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो। उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिइएको थियो। 

     

    बिहिवार, श्रावण ७ २०७८०४:३४:३७

    डेमो खबर

    सम्बन्धित समाचार