Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

विरोधमा उत्रिए सार्वजनिक यातायात व्यवसायी

विरोधमा उत्रिए सार्वजनिक यातायात व्यवसायी

बिहिवार, श्रावण ७ २०७८

  • 653
    SHARES

  • विरोधमा उत्रिए सार्वजनिक यातायात व्यवसायी

    काठमाडौं, साउन । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले ७ बुँदे माग राख्दै बिहीबार प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सार्वजनिक यातायात तथा ट्याक्सीहरू सडकमा लामबद्ध गरेर राखेका थिए ।
    महासङ्घले कोभिड खोप उपलब्ध गराउने, यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफूहरूको माग समावेश गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्ने, यातायातको बीमा छुट गर्ने, सडक कानुन लागू गर्ने लगायत माग अघि सारेका छन् । 
    यता, भाडा वृद्धिको माग राख्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । हालै मात्र यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरे पनि भाडाका ट्याक्सीको भने भाडा वृद्धि नगरेको भन्दै व्यवसायी मजदुरहरू आन्दोलित भएका हुन् । 
    व्यवसायीहरूले बिहीबार बिहानैदेखि ट्याक्सी सडकमा उतारेर अवरोध गरेका छन् । 
    आन्दोलित व्यवसायीहरूले कोरोना भाइरसको महामारीका बीच लकडाउनले व्यवसाय चौपट भएको अवस्थामा थप पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायमा टिक्नै मुस्किल भएको भन्दै तत्काल भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् । 
    सरकारले हालै मात्र सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतसम्मले वृद्धि गरेकोमा भाडाको ट्याक्सीलाई भने उपेक्षा गरेको भन्दै व्यवसायीहरूले यस्तो विभेद नगर्न समेत सरकारसँग माग गरेको छ । 

     

    बिहिवार, श्रावण ७ २०७८०३:३७:३९

    डेमो खबर

    सम्बन्धित समाचार