Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

आज भारी वर्षाको सम्भावना यी स्थानमा

आज भारी वर्षाको सम्भावना यी स्थानमा

बिहिवार, श्रावण ७ २०७८

  • 781
    SHARES

  • आज भारी वर्षाको सम्भावना यी स्थानमा

    काठमाडौं, साउन । मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । 
    महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 
    महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ । 
    महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
    देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी, र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

     

    बिहिवार, श्रावण ७ २०७८०२:५८:२८

    डेमो खबर

    सम्बन्धित समाचार