Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

चीनमा लगातारको वर्षाको कारण हेनान प्रान्त बाढीले डुब्यो, २५ को मृत्यु

चीनमा लगातारको वर्षाको कारण हेनान प्रान्त बाढीले डुब्यो, २५ को मृत्यु

बिहिवार, श्रावण ७ २०७८

  • 1.0K
    SHARES

  • चीनमा लगातारको वर्षाको कारण हेनान प्रान्त बाढीले डुब्यो, २५ को मृत्यु

    काठमाडौं, साउन । चीनमा लगातारको लगातारको वर्षाले चीनको हेनान प्रान्तमा आएको बाढीमा २५ जनाको मृत्यु भएको छ ।

    सात जना बेपत्ता भएका छन् । प्रान्तमा ठूलो क्षति पुर्याएको छ । उक्त क्षेत्रबाट दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए । १६० भन्दा बढी रेल रोकिएका छन् ।हवाई उडान पनि २६० उडान रद्द गरिएको छ । सुरुङमै पानी पसेपछि

    यात्रुहरु अलपत्र परे । तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो । 
    हेनानमा रहेको एप्पल आइफोन उत्पादन केन्द्रमा ठूलो असर पुगेको छ । उक्त उत्पादन कम्पनीले एकै दिनमा ५ लाख आइफोन बनाउने ल्याकत राख्छ । 

    राष्ट्रपति सी जिनपिङले बाढीलाई गम्भीर बताएका छन् । उनले सरकारी संचारमाध्यममार्फत केही बाँध टुटेको बताएका छन् । ठूलो नोक्सानी भएकाले गम्भीर स्थिति रहेको उनले बताएका हुन् । 

     

    बिहिवार, श्रावण ७ २०७८०२:३३:३४

    डेमो खबर

    सम्बन्धित समाचार