Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

प्रभु बैंक : कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग

प्रभु बैंक : कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग

बिहिवार, श्रावण ७ २०७८

  • 949
    SHARES

  • प्रभु बैंक : कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग

    काठमाडौ, साउन । प्रभु बैंक लि. ले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 

    प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्पmबाट सञ्चालक समितिका अध्यक्ष श्री बुद्धिमान श्रेष्ठवीच आर्थिक सहयोग  उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 

    प्रभु बैंक लि. बाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्री खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ । 
    यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीले अत्याधुनिक स्वास्थ्य सामाग्रीको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध छ ।

     

    बिहिवार, श्रावण ७ २०७८११:१५:२२

    डेमो खबर

    सम्बन्धित समाचार