Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

युरोकप फाइनल  :' कोरोना  फैलने आशंका '

युरोकप फाइनल  :' कोरोना  फैलने आशंका '

शनिवार, आषाढ २६ २०७८

  • 1.3K
    SHARES

  • युरोकप फाइनल  :' कोरोना  फैलने आशंका '


    काठमाडौं, असार । युरोकप फुटबलको फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२ : ४५ बजे शुरु हुँदेछ । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा घरेलु टिम इङ्गल्याण्ड र इटालीबीच उपाधि भिडन्त हुँदैछ । 
    सन् १९६६ मा विश्वकप जितेको इङ्गल्याण्ड त्यसयता कुनै ठूलो प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो । घरेलु मैदानमै यति ठूलो प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधि घरमै राख्नका लागि इङ्गल्याण्डले ठूलो तयारी गरेको छ । 
    अर्कातर्फ इटाली सन् २०१८ को रुस विश्वकपमा छनोट हुन नसकी लज्जित भएसँगै उसको रणनीति नै बदलिएको छ । जसका कारण उसले त्यसयताका सबै ३३ खेलमा अपराजित यात्रा कायम गर्दै कीर्तिमान रचिरहेको छ । 
    यो फाइनल जति रोचक हुने देखिएको छ त्यत्तिकै चुनौतीपूर्ण पनि हुने देखिएको छ । यसको प्रमुख कारण हो कोरोना भाइरसको महामारी । 
    फाइनलमा ९० हजार क्षमताको वेम्ब्ली स्टेडियममा ८३ हजार टिकट बिक्री भइसकेको छ । ९० हजार नै दर्शक पुग्ने अनुमान गरिएको छ । 
    एउटा टिकटको १ हजार ११३ डलर पर्नेमा ब्ल्याकमा ७५ हजार १४४ डलरसम्म परेको छ । यति महंगो रकम तिरेर कोरोनालाई नै निम्तो दिएको आशंका बढिरहेको छ । 
    कोरोनाको तेस्रो लहर आइरहेको बताइँदा इङ्गल्याण्डको वेम्ब्ली रंगशालाबाटै कडाखाले भाइरस इङ्गल्याण्ड र इटालीमा फैलने र त्यसले विष्फोटको काम गर्ने आशंका गरिएको छ । 
    युरोकप यसपालि ११ देशका ११ शहरमा आयोजना भएको छ । जसका कारण कोरोनाले राम्रैसँग खेल्ने अवसर पाएको बुझिन्छ । युरोपमा युरोकपको अवधिमा कोरोना निकै नै बढेको छ । पछिल्लो एक हप्तामा युरोपमा कोरोना ४३ प्रतिशतले बढेको छ । 
    इङ्गल्याण्डमै पनि जुन महिनाको तुलनामा जुलाईमा चार गुणा संक्रमित बढेका छन् । शुक्रबार ३६ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । 

     

    शनिवार, आषाढ २६ २०७८१२:०२:०१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार