Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

राजनैतिक बेश्यावृत्ति !!

राजनैतिक बेश्यावृत्ति !!

बिहिवार, आषाढ १० २०७८

  • 11.1K
    SHARES

  • राजनैतिक बेश्यावृत्ति !!
    ज्ञानमणि भुर्तेल
     
    निकै अघिको मेची क्याम्पसको कुरो हो ! स्वबियु निर्वाचनका लागि उम्मेद्बार छनौट मुद्दामा त्यस समयका स्थानीय जिल्ला नेताले अनावश्यक हस्तक्षेप गर्दा हामिले बिरोध सुरु गरेपछी हामी सगै मिसिएर नेताजी का काकाले झन उग्र बिरोध ओकल्न थाल्नु भो ! हामी भन्दा एक कदम अघि बढेर आफ्नै भतिज नेता प्रती उग्र आक्रोश व्यक्त गर्नु भो ! हामि पनी दङ्ग !!! ओहो ....... नेताजी कै काका हाम्रो समर्थनमा ? गलत काममा आफ्नै भतिज लाई समेत साथ नदिने पक्का मान्छे भेटेपछि बिरोध बैठकको बागडोर उहाँकै हातमा दियौं ! लामो र उग्र बिरोध प्रवचन पछि ' मान्छे त फटाहा नै हो ! उसको कुरो ठिक छैन तर पनि एक पटकलाई उसकै कुरो मान्दिउँ साथी हो ' भन्दै आफ्नो राय पस्केपछी उहाँको क्रान्तिको सिउनी कता बाट अडिएको रहेछ भन्ने भेउ पाउन हामीलाई कठिन भएन ! काका त भतिजको गोप्य दुत पो निस्किनु भो !!!
    कुनै समय नङ्ग मासु जस्ता काका भतिज क्षमतावान कार्यकर्ता सिध्याउने भतिजको प्रबित्ती बाट आजित काकाले राप्रपा कलेज जोईन गर्नु भो ! यता कुनै समय उखान अन्कल सगै बाम मैदानमा परेड खेलेका भतिज अहिले काङ्ग्रेस कलेजको केन्द्रिय तहमा पुगेर तेस्रो शक्ति संकाय प्रमुख हुनुभएको छ !
    विद्यार्थी राजनीति जस्तो सानोतिनो मुद्धामा समेत हस्तक्षेप गर्ने बानी नछुटेकोले होला अहिले पनि आफ्ना आलोचकलाई वडामै चिप्ल्याउन लागि पर्नु हुन्छ !! पक्का काङ्ग्रेस निकाल्नु हुन्छ अनि पिण्ड सेवन नजिक पुगेका पक्का मण्डले लाई घिरौला बारिमा कार्पेट ओछ्याएर काङ्ग्रेस पसाउनु हुन्छ ! उहाँको यो कुन नीति हो ? कस्तो थिति हो ? बुझिनसक्नु छ !।
    उता केन्द्रमा त्यस्तै ताल छ ! गोबिन्द राज जोशी निकालिन्छन अनि छिन्ताङ्ग नायक सुर्य बहादुरका छोरा एकैपटक केन्द्रिय काङ्ग्रेस हुन्छन ! पन्चायतकालमा काङ्ग्रेस स्कुलमा कहिल्यै फेल नभएको म काङ्ग्रेस कलेजमा आईपुग्दा काङ्ग्रेस नीति नबुझेर ब्याक लागेर बसेके छु ! बुझे त मरिजाउँ !!
    अर्को तिर मुलुकको राजनीति त झनै जटिल ! बुझेर बुझिनसक्नु ! फियर्ली फेल सबै बिषयमा ! सफाईमा पाँच नम्बर सम्म चै आउला कि ?
    उखान अन्कलको खुव मिल्ती थियोे सबै सग पालैपालो ! आफ्नो पार्टीमा त छदै थियो ! जंगली पार्टी सग पनि लगनगाँठो कस्सियो ! एउटै गमलामा फुल रोपियो ! संयुक्त सेचन समेत गरियो ! छोईला कचिला टकिला सबै चल्यो खुसियालीमा ! आफू ईतर सबैलाई गालिगलौज त नित्य पुराण भैगो ! जङ्गल पार्टीको गठबन्धन बाट उखान अन्कललाई दुई तिहाईको नरिबल प्राप्त भो ! कुन्ताको गँजडि दारु खाको भनेजस्तो भैगो ! कसैलाई नगन्ने भए तराई तिरका लाई कुहेको आँप र पहाड तिरका लाई कुहेको कोदो देखे ! बेहोरा गिद्धको भए तापनी आफुलाई बुद्ध देखे !
    दुई सज्जन पो मिल्न सक्छन त ! दुई चन्डाल कतिन्जेल मिलुन ? बिस्तारै जंगली अन्कल सगको कृत्रिम मित्रता उजागर भो ! जंगली त ल्याईते तिर का भैगए ब्याईते पट्टीका आफ्नैलाई समेत लात मार्न थाले !
    अचम्म त त्यसबेला भो जब तराईका कुहेका आँप नै उनलाई स्वादिष्ट लाग्न थाल्यो ! उनको राष्ट्रवादको सिउनी कता बाट अडिएको हो बिस्तारै खुल्न थाल्यो !
    दुर्बासाका अवतार हुन ! दुई जिब्रे हुन !! छुचुन्द्राका सहोदर मीत हुन ! ब्यभिचारी हुन !! हल्का फुल्का बेश्यागमनमा लागेका छन भन्ने बेला बेलाको क्रीयाकलाप बाट साबित भएकै हो तर यस हद सम्म गिरेर विभिन्न समयमा सबैले पालैपालो गिजोलेको बिहारी अंगीकृत बेश्यालाई सिन्दुरै हालेर घरै भित्र्याउलान भन्ने चै कल्पना समेत गरिएको थिएन !
    तर धन्न !!!
    एउटा जड्याहाले मातेको सुरमा अगालो मारेकै भरमा कुनै वैदिक विधि पूरा नगरी भित्र्याएकी बेश्यालाई पत्नी जस्तो सम्मानित स्थान दिन नमिल्ने भनी सर्बोच्चले ब्याख्या गरेकोले केही हदसम्म भएपनी राजनैतिक बेश्याबृती माथी अंकुस लाएकोछ !!!!
    अब - एउटा जड्याहा बाउले मातेको सुरमा भित्र्याएकी बाईफालेको पक्षमा नारा जुलुस गर्दै सर्बोच्च अधि ' हाम्री आमा फिर्ता दे ' भन्दै धर्ना दिन जड्याहा बाउका अरिङ्गाल सन्तान पुग्छन पुग्दैनन ? हेर्न बाँकी छ !!!
    May be a cartoon of 1 person
     
     
     
    Ramesh P Koirala, Hari Kumar Basnet and 68 others
    39 comments
    2 shares

    बिहिवार, आषाढ १० २०७८०८:५८:५०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार