Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

काठमाडौं उपत्यका : कोरोनाका ५०८ सङ्क्रमित थपिए

काठमाडौं उपत्यका : कोरोनाका ५०८ सङ्क्रमित थपिए

शुक्रवार, आषाढ ४ २०७८

  • 1.5K
    SHARES

  • काठमाडौं उपत्यका    :  कोरोनाका ५०८ सङ्क्रमित थपिए

    काठमाडौं, असार । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५०८ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ५०८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ मा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा हाल छ हजार ७३५, ललितपुरमा दुई हजार ९८३ र भक्तपुरमा दुई हजार २५०  सङ्क्रमित छन् ।

    काठमाडौंमा हालसम्म दुई लाख ८९०, ललितपुरमा ३६ हजार ५१९ र भक्तपुरमा २१ हजार ७२३  सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हालसम्म एक हजार ८०३, ललितपुरमा ५२३ र भक्तपुरमा ३५२  सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले हाल ८७२  आईसीयूमा रहेकोमा २४६  भेन्टिलेटरमा रहेको जनाएको छ ।

    शुक्रवार, आषाढ ४ २०७८०९:४५:१८

    डेमो खबर

    सम्बन्धित समाचार