Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

नेपालमा कोरोना : एक हजार ९६६ सङ्क्रमित थपिए, ४४  को मृत्यु

नेपालमा कोरोना : एक हजार ९६६ सङ्क्रमित थपिए, ४४  को मृत्यु

शुक्रवार, आषाढ ४ २०७८

  • 1.5K
    SHARES

  • नेपालमा कोरोना :  एक हजार ९६६ सङ्क्रमित थपिए, ४४  को मृत्यु

    काठमाडौं, असार । नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन विधिबाट पोजेटिभ पाइएकाहरुको सङ्ख्या २४ हजार ८६१ छ ।

    हाल नेपालमा ५९ हजार ६२४  सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा चार हजार २०  सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

    हालसम्म पाँच लाख ४९ हजार ६८२  कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ । गएको चौबीस घण्टामा ४४  को कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    हालसम्म नेपालमा कोरोना सङ्क्रङ्क्रमिमणको कारणले आठ हजार ६४१ को मृत्यु भएको छ ।

    शुक्रवार, आषाढ ४ २०७८०९:३९:३५

    डेमो खबर

    सम्बन्धित समाचार