Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

सभामुख सापकोटाको आह्वान : सर्वदलीय बैठक बस्दै

सभामुख सापकोटाको आह्वान : सर्वदलीय बैठक बस्दै

शुक्रवार, जेठ २८ २०७८

  • 757
    SHARES

  • सभामुख सापकोटाको आह्वान :   सर्वदलीय बैठक बस्दै

    काठमाडौं, जेठ। प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।

    दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

    ८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए ।

    शुक्रवार, जेठ २८ २०७८०९:३४:११

    डेमो खबर

    सम्बन्धित समाचार