Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टा- थप ३ हजार ७४९ मा संक्रमण, ५९ को मृत्यु '

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टा- थप ३ हजार ७४९ मा संक्रमण, ५९ को मृत्यु '

बिहिवार, जेठ २७ २०७८

  • 825
    SHARES

  • नेपालमा  कोरोना   :  'पछिल्लो २४ घण्टा- थप ३ हजार ७४९ मा संक्रमण, ५९ को मृत्यु '

    काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ को एन्टिजेन परीक्षणमा ८७५ गरी ३ हजार ७४९ मा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन् ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ को मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    बिहिवार, जेठ २७ २०७८०६:२३:५९

    डेमो खबर

    सम्बन्धित समाचार