Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

भारतमा काेराेना : 'दुई महिनामा पहिलो पटक एक लाखभन्दा कम सङ्क्रमित थपिए'

भारतमा काेराेना : 'दुई महिनामा पहिलो पटक एक लाखभन्दा कम सङ्क्रमित थपिए'

मंगलवार, जेठ २५ २०७८

  • 949
    SHARES

  • भारतमा  काेराेना  :  'दुई महिनामा पहिलो पटक एक लाखभन्दा कम सङ्क्रमित थपिए'

    काठमाडौं, जेठ । भारतमा चौबीस घण्टाभित्र थपिने सङ्क्रमित पछिल्लो दुई महिना यताकै सबैभन्दा कम दत्र्ता गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८६ हजार ४९८ सङ्क्रमित थपिएका हुन् ।

    चौबीस घण्टामा थपिएको सङ्क्रमित ६६ दिन यताकै सबैभन्दा कम हो । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८९ लाख ९६ हजार ४७३ पुगेको छ ।

    समाचार संस्था एएनआईका अनुसार भारतमा हाल १३ लाख तीन हजार ७०२  कोरोनाका सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ८२ हजार २८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

    हालसम्म दुई करोड ७३ लाख ४१ ह्जार ४६२  कोरोनामुक्त भएका छन् । चैबीस घण्टामा दुई हजार १२३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख ५१ ह्जार ३०९  सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म ३६ करोड ८० लाख नमूना परीक्षण गरिएको छ ।

    भारतको औषधी विज्ञान अनुसन्धान परिषद्ले कोरनोबाट निको हुने दर ९४.२९ प्रतिशत पुगेको जनाएको छ । भारतमा हालसम्म २३ करोड ६१ लख ९८ हजार ७२६ ले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    मंगलवार, जेठ २५ २०७८०८:०५:२९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार