Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

नेपालमा कोरोना : 'तीन हजार ८७० सङ्क्रमित थपिए, १०८  काे मृत्यु'

नेपालमा कोरोना : 'तीन हजार ८७० सङ्क्रमित थपिए, १०८  काे मृत्यु'

मंगलवार, जेठ २५ २०७८

  • 1.0K
    SHARES

  • नेपालमा कोरोना : 'तीन हजार ८७० सङ्क्रमित थपिए, १०८  काे मृत्यु'

    काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ ।

    सोही अबधिमा पाँच हजार ६११ को एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ ।

    हालसम्म नेपालमा पाँच लाख चार हजार ५३०  सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८  सङ्क्रमितको मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

    मंगलवार, जेठ २५ २०७८०६:३२:२८

    डेमो खबर

    सम्बन्धित समाचार