Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

हवाई इन्धनको मूल्य घट्याे : ' नेपाल वायुसेवा निगमले उडान भाडा घटायाे'

हवाई इन्धनको मूल्य घट्याे : ' नेपाल वायुसेवा निगमले उडान भाडा घटायाे'

मंगलवार, जेठ २५ २०७८

  • 985
    SHARES

  • हवाई इन्धनको मूल्य घट्याे :  '  नेपाल वायुसेवा निगमले उडान भाडा घटायाे'

    काठमाडौँ, जेठ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

    इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएकी छन ।

    निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

    नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो ।

    आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो । यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ ।

    यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

    नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

    मंगलवार, जेठ २५ २०७८०९:१५:२२

    डेमो खबर

    सम्बन्धित समाचार